दफा
पदको वर्गीकरण गर्नु पर्ने
(१) व्यवस्थापकले सञ्चार प्रतिष्ठानको कामको प्रकृति अनुसार श्रमजीवी पत्रकारको पद र त्यस्तो पदको तहगत वर्गीकरण गर्नु पर्नेछ ।
(२) व्यवस्थापकले उपदफा (१) बमोजिम पदको तहगत वर्गीकरण गर्दा समितिले निर्धारण गरे बमोजिम गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम पद र त्यस्तो पदको तहगत वर्गीकरण गरिसकेपछि व्यवस्थापकले सो पदको लागि चाहिने योग्यता, अनुभव, काम, कर्तव्य र अधिकार तथा उत्तरदायित्व समेत उल्लेख भएको विवरण प्रेस रजिष्ट्रारलाई दिनु पर्नेछ ।